अर्थ संसार, काठमाडौं– पोखरा फाइनान्स लिमिटेडको अवितरित हकप्रद सेयर आइतवारदेखि विक्रीमा आएको छ ।
कम्पनीले यस अघि वितरण हुन नसकेको संस्थापक तर्फको ८० हजार ३ सय ४८ दशमलव २७ र सर्वसाधारण तर्फ १ लाख ३ सय ५३ दशमलव ४७ कित्ता शेयर विक्री गर्न लागेको हो ।
यस अघि कम्पनीले पुस ३० देखि फागुन ६ गतेसम्म हकप्रद जारी गर्दा यी सेयर विक्री हुन नसकेको हो ।
यस हकप्रद सेयरको न्यूनतम मूल्य १ सय तोकेको हुँदा सोभन्दा बढीको मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकहरुले बोलपत्र पेश गर्दा संस्थापक तर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारण तर्फ १ सय कित्ता र अधिकतम तर्फ सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
यहाँबाट आवेदन दिनुहोस्
कम्पनीको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकका साथै पोखरा फाइनान्सको पोखरा कार्यालयलगायत नेपाल इन्भेष्टमेण्ट बैङ्कको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, बुटवल, नारायणगढ र धनगढी शाखाबाट आवेदन दिन सकिने व्यवस्था छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस