अर्थ संसार, काठमाडौं– यो साता सेयर बजारमा सवा ४ करोड ७१ लाख कित्तँ सेयर सूचीकृत भएका छन्। सो अवधिमा सूचीकत ४ कम्पनीको ४ करोड ७१ लाख ९२ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो।
तीमध्ये सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैंकका ४ करोड कित्ता र माछापुछ्रे बैंकको साढे ६ लाख ६० हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।
यसैगरी, एभरेस्ट इन्स्योरेन्सको २ लाख २ हजार कित्ता र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको २ लाख ८१ हजार कित्ता सूचीकृत भएको नेप्सेले जनाएको छ ।
हाल सेयर बजार अपेक्षित रूपमा बढ्न नसकिरहेको समयमा ठूलो परिणाममा हकप्रद र बोनस सेयर सूचीकृत भइरहेका छन्। यसले बजारमा सेयर आपूर्ति बढाएको छ ।
यसकारण सेयर मागको तुलनामा आपूर्ति बढी हुनु पनि नेप्से बढ्न नसक्नुको एक कारण भएको जानकारहरूले बताएका छन्। जारी भएर पनि सूचीकृत नभएका धेरै कित्ता हकप्रद र बोनस सेयर अझै बजारमा आएका छैनन् ।
ती सेयर पनि सूचीकृत भए पनि बजारमा सेयर आपूर्ति झनै बढ्ने देखिन्छ । यसकारण अझै केही समय नेप्से परिसूचक निरन्तर रूपमा बढ्न नसक्ने विज्ञहरूको भनाइ छ । साप्ताहिक रूपमा यो साता बजारमा १ अर्ब ८८ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबार रकम गत साताको भन्दा ९.८५ प्रतिशत बढी हो। उक्त अवधिमा करिब साढे २७ हजार कारोबारबाट १ सय ८० कम्पनीका ५८ लाख ९५ हजार ३० कित्ता सेयर खरिद बिक्री भए ।
गत साता २३ हजार ८ सय ६९ कारोबारबाट ४६ लाख २ हजार ६ सय ३० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७२ करोड पाँच लाख २८ हजार रुपैया“ परिचालन भएको थियो। साताभरको कारोबारमा समग्र नेप्से परिसूचक सामान्य ऋणात्मक बनेको छ ।
अघिल्लो बिहीबार १ हजार २ सय २०.४४ विन्दुमा रहेको नेप्से गत बिहीबार १ हजार २ सय २०.२९ विन्दुमा छ । साताको पहिलो दिनको तुलनामा नेप्से परिसूचक ५१.७४ अंकले बढेको छ ।
उक्त अवधिमा ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक ०.४७ अंक र व्यापारमा रहेका सबै कम्पनीहरूको सेयर कारोबार मापक फ्लोट परिसूचक ०.२२ अंकले सकारात्मक रहेको नेप्सेको तथ्यांक छ ।
यो साता कारोबार रकम (१९ करोड ४४ लाख १० हजार रुपैयाँ) का आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा अघि छ । कारोबार सेयर संख्या (दुई लाख ५६ हजार कित्ता) का आधारमा नेपाल बैंक अग्रस्थानमा छ ।
तर, कारोबार संख्या (२ हजार १ सय ७० वटा) का आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नै अग्रस्थानमा रहेको नेप्सेले जनाएको छ । विगतमा जस्तै यो साता पनि कुल कारोबारमा बैकिङ र बिमा समूहको हिस्सा सबैभन्दा बढी छ ।
साताभरको कुल कारोबारमा बैंकिङ समूहको हिस्सा ४२.४२ प्रतिशत छ । गत साता यस्तो हिस्सा ४३.३६ प्रतिशत थियो। कुल कारोबारमा बिमा समूहको हिस्सा २४.८७ प्रतिशत, लघुवित्तको साढे ७ प्रतिशत, संस्थापक सेयरको ७.२२ प्रतिशत र विकास बैंकको ५.५८ प्रतिशत रहेको नेप्सेको तथ्यांक छ ।
यो साता बैकिङ, होटल, विकास बैंक र जलविद्युत् समूहका लगानीकर्ताको सम्पत्ति बढे पनि बा“की समूहका लगानीकर्ताले नोक्सान बे होर्नुपर्यो। साप्ताहिक कारोबारमा बैंकिङ समूहको परिसूचक करिब १० अंकले बढ्यो। यसैगरी, विकास बैंक समूहको परिसूचक १२.०४, होटलको ३४.०३ र जलविद्युत् समूहको परिसूचक १२.७३ अंकले बढ्यो।
उक्त अवधिमा बिमा समूहको परिसूचक १ सय १५ अंक, उत्पादन तथा प्रशोधन समूहको २१.२४, व्यापारको १०.७३ र ‘अन्य’ समूहको परिसूचक १५.२२ अंकले घट्यो। यो सातानेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पा“चै दिन खुला रह्यो।
विगतमा जस्तो यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै कारोबार भएन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस