अर्थ संसार, काठमाडौं– चैत ९ गतेदेखि लिलामीमा ल्याएको बेष्ट फाइनान्स कम्पनीको सेयर मा आवेदन दिने आइतवार अन्तिम दिन रहेको छ ।
कम्पनीले चैत १८ गतेसम्मका लागि यस अघि वितरण हुन नसकेको संस्थापक तर्फको १ लाख ६ हजार ९ सय ४० र सर्वसाधारण तर्फको १ हजार २ सय १ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
यस सेयर को न्यूनतम मूल्य १०० तोकिएको हुँदा सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्नेछ ।
बोलपत्र पेश गर्दा न्यूनतम १ सय र अधिकतमका लागि कुनै हद राखिएको छैन ।
यहाँबाट आवेदन दिनुहोस्
सेयर खरीदका लागि विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका साथै ग्लोबल आईएमई बैङ्क लिमिटेडको वीरगञ्ज, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस