Like us!
Follow us!
Connect us!
Watch us!

क्यान्सरपीडितलाई दुई लाख ८० हजार सहयोग

आइतबार, १८ चैत्र २०७४, ०८ : ४६ मा प्रकाशित

क्यान्सरपीडितलाई दुई लाख ८० हजार सहयोग

अर्थ संसार, पथरी, मोरङ–वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा रहेका मोरङ उर्लाबारीका युवाले क्यान्सरपीडित पार्वती लिम्बूको उपचारका लागि सहयोग गरेका छन् ।

स्थानीय समाजसेवी तेजन खड्काले पीडित उर्लाबारी–९ खोपीडाँडाकी ५० वर्षीया लिम्बूकी छोरी रेनुकालाई दुई लाख ८० हजार ८८८ नगद प्रदान गर्नुभयो ।

समाजसेवी खड्काका अनुसार सहयोग रकम हङकङकमा कार्यरत याम लिम्बूको पहलमा रु दुई लाख र मकाउमा कार्यरत गीता मगरको पहलमा रु ८० हजार ८८८ संकलन भएको थियो ।

गीताले आफूले सहयोग गर्न आग्रह गर्दा बिरामीको उपचारमा सहयोग गर्ने सबैमा धन्यवाद दिनुभएको छ । पार्वतीको उपचार भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको