Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे हाइड्रोपावर कम्पनीमा रसुवागढी र साञ्जेनको आइपिओ बाँडफाँड जारी

आइतबार, १८ चैत्र २०७४, १४ : ०८ मा प्रकाशित

चिलिमे हाइड्रोपावर कम्पनीमा रसुवागढी र साञ्जेनको आइपिओ बाँडफाँड जारी

अर्थ संसार, काठमाडौँ– रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको  सिमित  साधारण सेयर (आइपिओ) को बाँडफाँट अहिले जारी रहेको छ ।

दुवै कम्पनीको गोलाप्रथा प्रक्रियाबाट आइपिओ बाँडफाँड भैरहेको छ । दुवै कम्पनीले पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता र दोस्रो चरणमा संस्थापक लगानीकर्ता समूहका कर्मचारीलाई सेयर बिक्री गरेका थिए ।

सञ्चयकर्ताका लागि गत फागुन ११ देखि ३० गतेसम्म आवेदन म्याद थियो । यस्तै संस्थापक र ऋणदाता संस्थाका कर्मचारीका लागि यही चैत ५ देखि १३ गतेसम्म आवेदन दिने समयावधि तोकिएको थियो ।

दुवै कम्पनीको साधारण सेयरमा कूल मागको तुलनामा छ गुणा बढी आवेदन परेको छ । दुवै कम्पनीमा सञ्चयकर्ताका लागि रु दुई अर्ब चार करोड ५९ लाख ५९ हजार ५०० बराबरको दुई करोड चार लाख ५९ हजार ५९५ कित्ता सेयर  छुट्याइएको थियो ।

ती आवेदनबाट रु ११ अर्ब संकलन भएको छ । रसुवागढीमा एक लाख ८८ हजार र साञ्जेनमा एक लाख ८३ हजार सञ्चयकर्ताले आवेदन दिएका थिए ।

रसुवागढी १११ मेगावाट क्षमताको आयोजना हो । सो आयोजनाको निर्माण ६५ प्रतिशत सकिएको छ । मागभन्दा झण्डै छ गुणा बढी आवेदन परेकाले सेयर संख्या कम भएको हो ।

रसुवामै निर्माण भइरहेको ५७.३ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको ६० प्रतिशत निर्माण सम्पन्न भएको छ ।नोट स् हामी रिजल्टको  एम्ँ राख्ने छौँ । रिजल्ट थाहा पाउन यो पेज लाईक गर्नुपर्छ ।

नोट : हामी रिजल्टको  PDF राख्ने छौँ । रिजल्ट थाहा पाउन यो पेज लाईक गर्नुपर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको