अर्थ संसार, काठमाडौं– अर्थमन्त्री खतिवडाले आजदेखि आफु मातहत निकायका प्रमुखहरुलाई मन्त्रालयमा बोलाई समस्या समाधानका लागि प्रस्ताब र योजना माग्न थालेका हुन् ।
अर्थ मन्त्रालय स्रोतका अनुसार खतिवडाले आज नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी चन्द्रसिंह साउदलाई मन्त्रालयमा डाकेर सेयर बजारका समस्याहरु समाधानको उपायबारे छलफल गर्न लागेका हुन्।
मन्त्रीले साउदलार्ई पूर्ण अनलाईन कारोबार प्रणाली निर्माण र संचालनमा ल्याउने बिषय, नेप्सेको पुनर्सरचना र अन्य बिषयहरुमा भईरहेका कामहरुबारे सोध्नसक्ने बुझिएको छ ।
जेठ १८ गतेसम्ममा पूर्ण अनलाईन कारोबार प्रणाली निर्माण सम्पन्न गरी संचालनमा ल्याउनुपर्ने मिति तोकिएकाले अर्थ मन्त्रालयले नेप्सेमाथि दबाब बढाउँने संभावना छ ।
त्यसैगरी नेपाल धितोपत्र बोर्डका अधिकारीहरुलाई पनि मन्त्री खतिवडाले मन्त्रालयमा बोलाएर बेग्लै छलफल गर्ने भएका छन् ।
अर्थतन्त्र र सेयर बजार क्षेत्रका समस्याहरु स्वेत पत्र मार्फत उजागर गरेपछि अब समस्या समाधानका लागि काम गर्न अर्थमन्त्रीमाथि तीब्र दबाब परेको छ ।
त्यही सिलसिलामा उनले आफु मातहतका निकायका प्रमुखहरुसँग कार्यक्रम र योजनाबारे छलफल गर्न लागेका स्रोतको भनाई छ ।
अर्थ मन्त्रालयका उपसचिव र सहसचिवहरुले सेयर बजारमा माफियाले खेल्नसक्ने भन्दै बजार बिस्तारका कामहरु गर्नुपर्ने रायसहितको लेखहरु छपाईरहे पनि आफ्र्नै मन्त्रीलाई भने उनीहरुले कुनै राय दिन सकेका छैनन् ।
अर्थ मन्त्रालयका अधिकारीहरुको सार्वजनिक भएको लेख मन्त्री खतिवडाको जानकारी बेगर बाहिर आएको पुष्टि भएको छ तर त्यसले पनि मन्त्रीलाई तत्काल काम थाल्न दबाब सिर्जना गरेकाले सकारात्मक मान्नुपर्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस