अर्थ संसार, काठमाडौं– रसुवागढी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपिओ) आज बाँडफाँड भएको छ ।
चिलिमे हाइड्रोपार कम्पनीमा भएको बाँडफाँडमा सञ्यचकर्ताको हातमा ७० कित्ता र संस्थापक लगानीकर्ताले २५० कित्ता सेयर पाएका छन् ।
सधारण सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको अनुसार ७० कित्ता आवेदन गर्ने सञ्चकर्तालाई ७० कित्ता, ८० देखि ५०० कित्ता आवेदन गर्ने लगानीकर्तालाई थप १० कित्ता गोलाप्रथाबाट दिएको छ । थप १० कित्ता ६८ हजार १८ जनालाई र बाँकी ५ जनालाई १ कित्ता दिएको छ । सवै लगानीकर्ताले न्यूनतम ७० र बढीमा ८० कित्ता सम्म सेयर पाएका छन् ।
त्यसै गरी संस्थापक लगानीकर्तामा २५० कित्ता आवेदन दिनेलाई २५० कित्ता नै दिएको छ । २७० कित्ता आवेदन दिनेलाई २६० कित्ता सेयर दिइएको छ ।
त्यसै गरी २७१ देखि ५०० आवेदन दिने लगाननीकर्तालाई गोलाप्रथाबाट थप १० कित्ता सेयर वितरण गरिएको छ ।
२५० कित्ता ४७ जना र थप १० कित्ता गोलाप्रथाबाट ८ हजार ५ ९७ जनालाई सेयर वितरण गरिएको सिद्धार्थ क्यापिटलका मर्चेण्ड बैकिङ प्रमुख सुजन अधिकारीले जानकारी दिनुभयो । संस्थापक लगानीकर्ता सवैले न्यूनतम १५० देखि २६० कित्तासम्म सवै लगानीकर्ताले पाएका छन् ।
कम्पनीले पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता र दोस्रो चरणमा संस्थापक लगानीकर्ता समूहका कर्मचारीलाई सेयर बिक्री गरेका थिए ।
सञ्चयकर्ताका लागि गत फागुन ११ देखि ३० गतेसम्म आवेदन म्याद थियो । यस्तै संस्थापक र ऋणदाता संस्थाका कर्मचारीका लागि यही चैत ५ देखि १३ गतेसम्म आवेदन दिने समयावधि तोकिएको थियो ।कम्पनीमा सञ्चयकर्ताका लागि रु दुई अर्ब चार करोड ५९ लाख ५९ हजार ५०० बराबरको दुई करोड चार लाख ५९ हजार ५९५ कित्ता सेयर छुट्याइएको थियो ।
रसुवागढीमा एक लाख ८८ हजार र साञ्जेनमा एक लाख ८३ हजार सञ्चयकर्ताले आवेदन दिएका थिए ।
रसुवागढी १११ मेगावाट क्षमताको आयोजना हो । सो आयोजनाको निर्माण ६५ प्रतिशत सकिएको छ । मागभन्दा झण्डै छ गुणा बढी आवेदन परेकाले सेयर संख्या कम भएको हो ।
सान्जेनको विवरण आउन बाँकी
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस