बैंशाख २ गतेबाट भिवोरले गर्ने
अर्थ संसार, काठमाडौं– अपि पावर कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलोपमेण्ट कम्पनी लिमिटेड र अरुण कावेली पावर लिमिटेडको सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु अब भिवोर क्यापिटल लिमिटेडले गर्ने भएको छ ।
तीन वटै हाइड्रोपावर कम्पनीले आज (सोमबार) सेयर सम्बन्धी सम्पूर्ण कार्य भिवोरलाई हस्तान्तरण गरेका छन् । तिन वटै कम्पनीको सेयर रजिष्ट्रेशन सम्बन्धी कार्य २०७५ साल बैशाख २ गतेबाट भिवोर क्यापिटल लिमिटेड मार्फत हुने व्यहोरा समेत कम्पनीहरुले जानकारी गराएका छन् ।
अरुण कावेली पावर लिमिटेडका तर्फबाट सो कम्पनीका अध्यक्ष गुरु प्रसाद न्यौपानेले, अरुण भ्याली हाइड्रोपावर डेभलोपमेण्ट कम्पनी लिमिटेडका तर्फबाट सो कम्पनीका अध्यक्ष रमेश प्रसाद न्यौपाने र अपि पावर कम्पनी लिमिटेडका तर्फबाट कम्पनी सचिव सिर्जना दंगाल र भिवोर क्यापिटल लिमिटेडका तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रि बिक्रम थापाले हस्ताक्षर गर्नुभएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस