Like us!
Follow us!
Connect us!
Watch us!

आगामी साउनदेखि स्थानीय तहमा एकीकृत सम्पत्ति कर, के के मा लगाउँदैछ स्थानीय सरकारले कर ? (सूचीसहित)

मंगलबार, २० चैत्र २०७४, १० : ५४ मा प्रकाशित

आगामी साउनदेखि स्थानीय तहमा एकीकृत सम्पत्ति कर, के के मा लगाउँदैछ स्थानीय सरकारले कर  ? (सूचीसहित)

अर्थ संसार, काठमाडौँ – आगामी साउन १ गतेदेखि मालपोतलगायत सम्पत्तिसम्बन्धी कर स्थानीय तहले उठाउने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्थाले आगामी आवदेखि स्थानीय तहले एकीकृत सम्पत्ति करलाई नै कार्यान्वयनमा ल्याउनुपर्ने जनाइएको छ ।

 अब स्थानीय तहमा ‘सम्पत्ति कर व्यवस्थापन कार्यविधि २०७४’ कार्यान्वयनमा आएसँगै स्थानीय तहले नै कर निर्धारणको अधिकार प्राप्त गर्ने मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिनुभयो । यसबाट स्थानीय तहको आम्दानी बढ्ने निश्चित भएको छ ।

कार्यविधिमा सम्पत्ति मूल्यांकन समिति गठन, सम्पत्तिको विवरण संकलन, मूल्यांकन प्रक्रिया, कर निर्धारण, कर असुली, दण्ड र पुरस्कारसम्बन्धी व्यवस्था उल्लेख छ । सम्पूर्ण स्थानीय तहलाई कार्यविधिको अविलम्ब कार्यान्वयन गर्न मन्त्रालयले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

विगतमा एकीकृत सम्पत्ति कर र घरजग्गा करमध्ये कुनै एक कर लगाउन पाउने कानूनी व्यवस्था रहेका कारण काठमाडौँ उपत्यकाका नगरपालिका, विराटनगर तथा मध्यतराईका केही नगरपालिकाबाहेक ४८ नगरपालिकामा मात्र एकीकृत सम्पत्ति कर कार्यान्वयनमा आएको र काठमाडौँलगायत १० नगरपालिकामा घर जग्गा कर कार्यान्वयनमा रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको