अर्थ संसार, काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले मुलुकको अर्थतन्त्र रित्तो भएको अवस्थामा नभए पनि अर्थमन्त्रीले हालै जारी गरेको श्वेतपत्र अतिरञ्जनापूर्ण रहेको आरोप लगाएको छ ।
बैठकको विशेष समयमा काँग्रेसका डा मीनेन्द्र रिजालले पछिल्लो दशकमा अर्थतन्त्रमा समग्रमा सुधार आए पनि सरकारले यथार्थ विश्लेषण नगरी दोषारोपण गर्ने गरी श्वेतपत्र ल्याएको आरोप लगाउनुभयो ।
उहाँले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र निजी क्षेत्रलाई सँगै लान नसक्दा तथा राजनीतिक अस्थिरता हुँदा निर्यात घाटा भएको बताउँदै त्यसको खाडललाई पूर्ति गर्दै सबैको सहयोग लिएर नयाँ सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एमाले) का मोहन बानियाँले दुर्गम क्षेत्र विकास समिति खारेज गर्न नहुने बताउनुभयो । नेकपा (माओवादी केन्द्र) का अग्निप्रसाद सापकोटाले भूकम्प एवं अन्य प्राकृतिक प्रकोपपीडित जनता हालसम्म पूर्ववत् जीवनमा फर्कन नसकेको बताउँदै चीनसँगको तातोपानी नाका तत्काल खुलाउन आग्रह गर्नुभयो ।
संघीय समाजवादी फोरम नेपालका राजेन्द्रप्रसाद श्रेष्ठले काठमाडौँका विभिन्न स्थानमा सडक विस्तारका क्रममा स्थानीयवासीले पाउनुपर्ने क्षतिपूर्ति र सर्वोच्च अदालतले गरेको फैसलासमेत कार्यान्वयन नभएको गुनासो गर्नुभयो ।
अहिले जारी बैठकमा केहीबेरपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणबारेको सार्वजनिक महत्वको विषयबारे सदनमा जानकारी दिने कार्यक्रम छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस