Like us!
Follow us!
Connect us!
Watch us!

५ बैंकको बोनस सेयर सूचिकृत,कुनको कति ?

मंगलबार, २० चैत्र २०७४, १६ : ४७ मा प्रकाशित

५ बैंकको बोनस सेयर सूचिकृत,कुनको कति ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज ५ बैंकको बोनस सेयर सूचिकृत भएको छ ।

नेप्सेको अनुसार सिटिजन्स बैंक इन्टरनेसन लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड, सहयोगी विकास बैंक लिमिटेड र स्वावलम्बन लद्युवित्त विकास बैंकको बोनस सेयर सूचिकृत भएको हो ।

कुन बैकको कति कित्ता ?

 सिटिजन्स बैंक इन्टरनेसन लिमिटेड

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सिटिजन्स बैंक इन्टरनेसन लिमिटेडको बोनस सेयर आज  सूचिकृत भएको छ । बैंकको १ करोड ११ लाख १५ हजार ४६७ कित्ता सूचिकृत भएको हो ।

ज्योति विकास बैंक लिमिटेड

यस बैंकको २३ लाख २ हजार ८७२.४३ कित्ता बोनस सेयर आज नेप्सेमा सूचिकृत भएको छ ।

नेपाल बङ्गलादेश बैंक लिमिटेड

यस बैंकको ८६ लाख ८८ हजार ५०७ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

सहयोगी विकास बैंक लिमिटेड

सहयोगी विकास बैंक लिमिटेडको ८लाख ४९ हजार ४४७ कित्ता बोनस सेयर नेप्सेमा स्रचिकृत भएको छ ।

स्वावलम्बन लद्युवित्त विकास बैंक

यस बैंकको ८ लाख ४१ हजार ४७७ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।
 

 

5ac36aecc35c5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको