Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ६ अंकले बढ्दा २२ करोडको कारोबार

मंगलबार, २० चैत्र २०७४, १७ : ५८ मा प्रकाशित

नेप्से ६ अंकले बढ्दा २२ करोडको कारोबार

अर्थ संसार, काठमाडौं–  कारोबार भएको १० वटा समूहमध्ये ९ वटा समूह उकालो लाग्दा सेयर बजार ६.०४ अंकले बढेर बजार ११९९ अंकमा उक्लिएको छ। 

मंगलबार फाइनान्स बाहेक सबै उपसूचक बढेका छन्। फाइनान्स १.६१ अंकले घटेको छ। बाणिज्य बैंक समूह ३.९९, ट्रेडिङ २.७, होटल १२.९९, विकास बैंक ११.१८, जलाबिद्युत १३.३८, बीमा २५.२८, उत्पादनमुलक ६३.०७, अन्य ५.८१ र लघुबित्त २.१४ अंकले बढेका छन्।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ  इन्डेक्स ०.९८ अंकले बढेको छ ।  मंगलबार १६० कम्पनीका २२ करोड ३६ लाख ३१ हजार ७०८ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी नागरिक लगानी कोषको एक करोड २५ लाख रुपैयाँको सेयर खरिद बिक्री भयो। सामान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5ac372ac21a46.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको