Like us!
Follow us!
Connect us!
Watch us!

१२० प्रतिशत प्रस्ताव गरेको राष्ट्रिय बीमा कम्पनीको सेयर किन्दा फाइदा कि नोक्सान ? हेरौं, प्राविधिक विश्लेषण

बुधबार, २१ चैत्र २०७४, ०७ : ४९ मा प्रकाशित

१२० प्रतिशत प्रस्ताव गरेको राष्ट्रिय बीमा कम्पनीको सेयर किन्दा फाइदा कि नोक्सान ? हेरौं,  प्राविधिक विश्लेषण

अर्थ संसार, काठमाडौं– राष्ट्रिय बीमा कम्पनीले चालू आव २०७४/७५ को दोस्रो त्रैमासमा ३७ करोड २५ लाख नाफा कमाएको छ ।

यो अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ४२ प्रतिशतले बढी हो । कम्पनीले रू. ४९ करोड ८४ लाख आम्दानी गर्न सफल भएकाले नाफा बढेको हो । पुस मसान्तसम्ममा कम्पनीको चुक्तापूँजी १ सय १४ प्रतिशतले बढेर रू. २६ करोड ६३ लाख पुगेको छ ।

कम्पनीले रिजर्भ कोषमा रू. १ अर्ब ९८ करोड छुट्याएको छ भने बीमा कोषमा रू. १ अर्ब २६ करोड जम्मा भएको छ । पुस मसान्तसम्ममा कम्पनीले रू. ४९ करोड ७६ लाख बीमाशुल्क आर्जन गरेको छ ।

साथै कम्पनीले १ सय २० प्रतिशत बोनस सेयर र ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । यो राष्ट्रिय बीमा संस्थानबाट अलग भई कम्पनी ऐन, २०६३ अन्र्तगत स्थापना भएको निर्जीवन बीमा कम्पनी हो ।

वर्गिकरणः निर्जीवन बीमा कम्पनी
पछिल्लो व्यापार मूल्यः रू. ८८१०
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. २२८५०
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. ४९९५
१८० दिनको भारित औसत मूल्यः रू. १३१६८.७१

कम्पनीको महत्वपूर्ण अनुपात

व्यवस्थापन समूहः
अध्यक्षः कमल कुमार श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृतः वीर विक्रम रायमाझी
प्रधान कार्यालयः रामशाहपथ, काठमाडौं
वेभसाइटः www.rbcl.com.np
शाखाः १२
स्टक स्टिकरः आरबिसिएल

कम्पनीको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

लाभांश विवरण

आधारभूत विश्लेषण
कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः

  • चुक्तापूँजीको तुलनामा खुद नाफा २ सय १० प्रतिशतबाट घटेर १ सय ३९ प्रतिशतमा सिमित भएको छ । पुस मसान्तसम्ममा दीर्घकालिन लगानी तथा कर्जा रू. ९९ करोड ९२ लाख रहेको छ ।

  • कम्पनीको चालू सम्पत्ति १९ प्रतिशतले बढेर रू. ३ अर्ब ७२ करोड ८५ लाख पुगेको छ भने चालू दायित्व ४१ प्रतिशतले बढेर रू. १ अर्ब २६ करोड ८४ लाख रहेको छ ।

  • कम्पनीले रू. ४९ करोड ८४ लाख ४५ हजार आम्दानी गर्दा रू. १२ करोड ५९ लाख ४१ हजार खर्च गरेको छ ।

  • कम्पनीको जारी बीमालेखको सङ्ख्या ७ हजार ७ सय ८८ र नवीकरण गरेको गरिएको बीमालेखको सङ्ख्या ३ हजार ३ सय ९६ रहेको छ ।

  • पुस मसान्तसम्ममा कम्पनीले २ सय ४४ जनालाई रू. ३ करोड ४३ लाख ८४ हजार दाबी भुक्तानी गरेको छ । यस त्रैमाससम्ममा कम्पनीको बीमाशुल्क आम्दानी, लगानी, एवम् जगेडा कोष सन्तोषजनक रुपमा वृद्धि भएको छ । साथै कम्पनीको हालसम्मको व्यावसायिक तथा वित्तीय स्थिति व्यवस्थापनले प्रक्षेपण गरे अनुरुप भएको प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

  • कम्पनीको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी(वार्षिक) रू. १ सय ३९ दशमलव ७०, मूल्य आम्दानी अनुपात ९६ दशमलव ९९, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. १ हजार ३ सय १६ दशमलव ८२ र प्रतिशेयर नेटवर्थ रू. ८ सय ४३ दशमलव ११ रहेको छ । मङ्गलवार सेयर मूल्य नेटवर्थको साढे १० गुणा छ ।

प्राविधिक विश्लेषण
खरीद चापः कम्पनीको मङ्गलवार भएको सेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप २ गुणा बढी रहेको छ । सो अवधिसम्म ३ सय ४० कित्ता सेयर खरीद र १ सय ६० कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।

मङ्गलवार भएको शेयर कारोबार विवरणः

मैनबत्ती विश्लेषण

२ जनवरी २०१८                                                                                                                                                 ३ अप्रिल २०१८

स्ट्याण्डर्ड डेभिएशन

२ जनवरी २०१८                                                                                                                                             ३ अप्रिल २०१८

आरएसआई

२ जनवरी २०१८                                                                                                                                                ३ अप्रिल २०१८

मुभिङ एभरेज 

२ जनवरी २०१८                                                                                                                                             ३ अप्रिल २०१८

प्राविधिक विश्लेषण

  • मैनबत्ती बिश्लेषणः कम्पनीकोे ५७ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारोबोजु आकृति बनेको छ । यसले आगामी दिनमासेयर मूल्य बढ्ने सङ्केत गर्दछ ।

  • आरएसआईः कम्पनीकोे ५७ दिनको कारोबारमा आरएसआई ओभरसोल्ड जोन (२७ दशमलव ८२ स्केल)मा छ । यसले सेयर विक्री चाप रहेको देखाँउछ ।

  • स्ट्याण्डर्ड डेभिएशनः कम्पनीकोे ५७ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन १ सय १९ दशमलव ०६ विन्दुमा छ । उतारचढाव उच्च रहेको छ ।

  • मुभिङ एभरेजः कम्पनीकोे ५७ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने र २६ दिने औसत मूल्यरेखाभन्दा तल छ । हालको मूल्य रू. ८ हजार ८ सय १० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ९ हजार २० मा प्रतिरोध पाउन सक्छ भने मूल्य सस्तिएमा रू. ८ हजार ७ सयमा टेवा पाउन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको