Like us!
Follow us!
Connect us!
Watch us!

बढी व्याज दिने बैंकमा २१ लाख डलर जम्मा गर्दै विद्युत् प्राधिकरण

बुधबार, २१ चैत्र २०७४, ०९ : ०८ मा प्रकाशित

बढी व्याज दिने बैंकमा २१ लाख डलर जम्मा गर्दै विद्युत् प्राधिकरण

अर्थ संसार, काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले २१ लाख अमेरिकी डलर अर्थात् २१ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा राख्ने भएको छ ।

सो परिमाणको डलर राख्न प्राधिकरणले बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव आवशन गरेको छ ।

उक्त रकम तत्काल झिक्न र राख्न मिल्ने गरी कल खातामा राख्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्रस्ताव आह्वान गरेको र आह्वान अनुसार जुन बैंक तथा वित्तीय संस्थाले बढी ब्जाज दिन्छ उसैमा राख्ने तयारी गरिएको छ ।

विद्युत प्राधिकरणले आफुसंग भएको २१ लाख अमेरिकी डलर कल खातामा राख्नका लागि चैत २२ गते प्रस्ताव खोल्ने जानकारी दिएको छ ।

आफुलाई आवश्यक परेका बेला झिक्न मिल्ने गरी प्राधिकरणले कल खातामा रकम जम्मा गर्न लागेको प्राधिकरण संस्था वित्तीय विभागले जनाएको छ ।

बैंकले बढीमा २१ लाख डलरसम्मका लागि प्रस्ताव गर्न सक्ने प्राधिकरणको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको