अर्थ संसार, काठमाडौँ– सेयर बजारमा सुधारको संकेत देखा परेको छ ।बैंकहरुमा निक्षेप धमाधम बढिरहेको र तरलताको अवस्था सहज हुँदै गएकाले लगानीकर्तामा नयाँ विश्वास पैदा भएको हो ।
आज बुधबार नेप्से सूचक २७.४५ अंकले बढेर एक २२६.४५ अंकमा पुगेको छ भने कारोबार रकममा समेत बढेकोे छ ।
कूल १६२ कम्पनीका ९ लाख २ हजार कित्ता सेयर रु ३३ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेपाल स्टक एक्चेन्जले जानकारी दिएको छ । । जुन अघिल्लो दिनको तुलनामा करिब १२ करोड बढी हो ।
आज नबिल बैंकको सबैभन्दा बढी रु एक करोड एक लाखको सेयर किनबेच भएको छ । यस्तै नेपाल लाइफ, इन्भेष्टमेन्ट बैंक, सानिमा बैंकको पनि बढी शेयर कारोबार भएको छ ।
आज बैंकिङ १९.३१ बिन्दुले बढेको छ भने व्यापार समूह स्थिर रहेको छ । यस्तै होटल ४५.७७, विकास बैंक ३९.०३, जलविद्युत् ३६.३१, फाइनान्स ७.४४, बीमा २०८.३४, उत्पादन २४.४ , अन्य १०.८१ र माइक्रोफाइनान्स ६३.०६ बिन्दुले बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस