अर्थ संसार, काठमाडौं– बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउनको लागि नेपाल इन्स्योरेन्सले डबल हकप्रद निश्कासन गर्ने तयारी गरेको छ ।
बैशाख ५ गतेदेखि शतप्रतिशत (१ः१) को अनुपातमा हकप्रद जारी गर्न लागेको इन्स्योरेन्सले पुन थप ६५ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ । चैत्र २१ गते बसेको संचालन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
कम्पनीले शतप्रतिशत हकप्रद र बोनसपश्चात कायम हुने चुक्ता पूँजी ६१ करोड ७६ लाखको ६५ प्रतिशत हकप्रद जारी गर्ने नेप्सेले जारी सूचनामा उल्लेख छ ।
इन्स्यारेन्सको ६९ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । बैशाख ७ गते सेयरधनी किताब बन्द गर्ने भएको छ ।
यसअनुसार बैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले शतप्रतिशत हकप्रदले समेत पाउने गरि प्रस्ताव गरेको २.२६ प्रतिशत बोनस प्राप्त गर्न र सभामा सहभागि हुन पाउनेछन् । हाल कम्पनीको चुक्ता पूँजी ३० करोड १९ लाख ८८ हजार रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस