Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको बोनस सेयर मूल्य समायोजन

विहीबार, २२ चैत्र २०७४, ११ : ४९ मा प्रकाशित

नागरिक लगानी कोषको बोनस सेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा आज नागरिक लगानी कोषको बोनस सेयर मूल्य समायोजन भएको छ । नेप्सेको अनुसार कोषको २२ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको हो ।

बोनस समायोजनपछि लगानी कोषको सेयर मूल्य प्रतिकित्ता २ हजार २५३. २८ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार कोषको औसत आधार मूल्य भने २ हजार ७८५.६४ रुपैयाँ छ । हाल नागरिक लगानी कोषको सेयर पुँजी ७४ करोड ३ लाख रुपैयाँ छ ।

5ac5bdfedf33b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको