मैदी–३ धादिङको खानेपानी आयोजना 
अर्थ संसार, बाबियाचौर, म्याग्दी– बेनी नगरपालिका–९ नेप्टेचौरमा करिब रु तीन करोडको लागतमा निलदह खानेपानी तथा सरसफाइ आयोजना निर्माण कार्य शुरु भएको छ ।
खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत प्रत्येक घरमा निजी धारा जडान गरेर खानेपानी सुविधा उपलब्ध रु दुई करोड ७४ लाख ६० हजार ४६० कूल लागत अनुमान गरिएको आयोजनाबाट नेप्टेचौर, तिनमाने, कुवागैरा, बतासे, डाँडाबारीका २५३ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका सचिव बुद्धिबहादुर चोखालले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल सरकारको ८० र उपभोक्ताको २० प्रतिशत लगानीमा आयोजना निर्माण गर्न लागिएको हो । रु दुई लाख ७४ हजार ६०४ मर्मत सम्भार कोषमा जम्मा गरिसकेका उपभोक्ताले रु ५२ लाख १७ हजार ४८७ बराबरको श्रमदान गर्नुपर्नेछ ।
सरकारले रु दुई करोड १९ लाख ६८ हजार ३६८ अनुदान उपलब्ध गराउने जनाइएको छ । विसं २०७२ मा सर्वेक्षण भएको आयोजनाका लागि गत वर्ष सामान खरिद गरिएको थियो भने यस वर्षदेखि पूर्वाधार निर्माण शुुरु भएको छ ।
काँडाखोर सामुदायिक वन क्षेत्रको निलदह भन्ने ठाउँमा मुहान रहने आयोजनाको नेप्टेचौर गाउँको शिरानमा ५० हजार लिटर क्षमताको रिजर्भ ट्यांकी निर्माण भइरहेको छ । डिलाघरमा ५० हजार लिटर, तिनमाने, डल्लोपोखरी र काँडाखोरमा २०÷२० हजार लिटर क्षमताको थप चारवटा रिजर्भ ट्यांकी निर्माण हुने सचिव चोखालले बताउनुभयो ।
चालू आवमा रु २१ लाख बजेट विनियोजन भएको आयोजना आगामी तीन वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ । उपभोक्ताले श्रमदान गरेर शाखा पाइपलाइन निर्माण गर्ने बताइएको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस