Like us!
Follow us!
Connect us!
Watch us!

भेटघाटले लाग्यो उकालो सेयर बजार

विहीबार, २२ चैत्र २०७४, १९ : ३७ मा प्रकाशित

भेटघाटले लाग्यो उकालो सेयर बजार

अर्थ संसार, काठमाडौं– लगानीकर्ताले अर्थमन्त्री र गभर्नरलाई भेटघाट गरेको सकारात्मक सन्देशले सेयर बजारमा उत्साह बढेको छ ।

बुधबार मात्रै लगानीकर्ता र ब्रोकरले गभर्नर तथा अर्थमन्त्रीसँगको भेटमा सेयरबजार सुधारको लागि सकारात्मक रहेको सन्देश बाहिर आएपछि सेयर लगानीकर्ताको उत्साह फर्किएको हो ।निरन्तर घटेर ११३५ सम्म झरेको सेयरबजार पछिल्ला केही दिन यता आएको सुधारले १२५० अंकमा पुगेको छ ।

साताको अन्तिम दिन बिहीबार (आज) २३.९४ अंकले बढेर १२५०.३९ अंकमा पुगेको छ । कूल १६८ कम्पनीको ६१ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । कारोबार भएको सवै समूहको सूचक बढेको छ ।  व्यापार समूहको भने आज कारोबार भएन ।

आज बैकिङ १८.९९, होटल १४.७१, विकास बैंक ३१.८१, जलविद्युत ३५.७५, फाइनान्स ५.१, विमा १७४.९५, उत्पादन ४९.५६, अन्य ७.९२ र माइक्रोफाइनान्स ३५.४५ अंकले बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा  नेपाल इन्स्योरेन्स कम्पनी, तिनाउ डेभलपमेन्ट बैंकका लगानीकर्ताले बढी आम्दानी गरेका छन् भने गुह्येश्वरी मर्चेन्ट बैंकका सेयरधनीले सवै भन्दा बढी घाटा खाएका छन् ।   

 

5ac6302647769.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको