Like us!
Follow us!
Connect us!
Watch us!

हिमालय उर्जाले ९ करोड ९० लाखको आइीपओ निश्कासन गर्न बोर्डमा निवेदन

शुक्रबार, २३ चैत्र २०७४, १६ : ४७ मा प्रकाशित

हिमालय उर्जाले ९ करोड ९० लाखको आइीपओ निश्कासन गर्न बोर्डमा निवेदन

अर्थ संसार, काठमाडौं– हिमालय उर्जा विकास कम्पनीले साधारण सेयर आइपिओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित रामेछाप र दोलखाका बासिन्दालाई ९ करोड ९० लाख रुपैयाँको आइपिओ निश्कासन गर्ने  भएको हो ।

साधारण सेयर निश्कासनको लागि कम्पनीले चैत्र २१ गते धितोपत्र बोर्डमा दिवेदन दिएको छ । नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई सेयर विक्री प्रबन्धकमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पहिलो चरणमा आयोजना प्रभावित स्थानीयको लागि जारी पूँजी ९९ करोडको रुपैयाँको १० प्रतिशत साधारण सेयर निष्काशन गर्न लागेको हो ।

पहिलो चरणपछि  सेयर निश्कासन गरीसकेपछि दोस्रो चरणमा ा सर्वसाधारण जनताका जारी पूँजी ९९ करोड रुपैयाँको १५ प्रतिशत अर्थात १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने छ ।

२०७५ चैतसम्म सम्पन्न गर्ने लक्ष्यका साथ कम्पनीले रामेछाप र दोलखामा बग्ने खिम्ती खोलामा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्ती दोस्रो आयोजना निर्माणधित अवस्था छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको