Like us!
Follow us!
Connect us!
Watch us!

बन्द नीजि उद्योग संचालन गर्न सरकारले सघाउने निर्णयको स्वागत

बुधबार, २९ मंसिर २०७३, १६ : २९ मा प्रकाशित

बन्द नीजि उद्योग संचालन गर्न सरकारले सघाउने निर्णयको स्वागत

अर्थ संसार
काठमाडौं–लघु, घरेलु तथा साना उद्योग संचालन गर्न सरकारले सहजीकरण गर्ने निर्णयको नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वागत गरेको छ । 

उद्योग मन्त्रालयले लघु, घरेलु तथा साना उद्योगहरुको पुर्नसंचालन गर्ने निर्णयले मुलुकभरका उद्यमीहरु निकै हर्षित भएको महासंघले जनाएको छ । 

लामो समयदेखि विभिन्न कारणले बन्द रहेका, विनासकारी भूकम्प, नाकावन्दी तथा चर्को लोडसेडिङ्ग लगायतका कारणले लघु, घरेलु तथा साना उद्योग बन्द छन् । यस्ता उद्योगहरुको संचालनका लागि सरकारले सघाउने उद्योग मन्त्री नवीन्द्रराज जोशीले घोषणा गरेका थिए ।

मुलुकभर लघु, घरेलु तथा साना उद्योगको संख्या झण्डै ३ लाख छ । यस्ता उद्योगमध्ये करिव १ लाख उद्योग विभिन्न कारणले बन्द रहेको अनौपचारिक तथ्याँक छ । उद्योग मन्त्रीको यस निर्णयबाट बन्द अवस्थामा रहेका उद्योग गाउँदेखि शहरसम्म संचालन भई राहत पुग्ने विश्वास महासंघ छ । बन्द भएका उद्योग संचालनका लागि आवश्यक कारणसहित २१ दिनभित्र प्रस्ताव पेश गर्न उद्योग मन्त्रालयले सूचना गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको