Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार सुधार उन्मुख, यो साता १ अर्ब ६९ करोड बढीको कारोबार

शनिबार, २४ चैत्र २०७४, १२ : ३१ मा प्रकाशित

सेयर बजार सुधार उन्मुख, यो साता १ अर्ब ६९ करोड बढीको कारोबार

अर्थ संसार,काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा साताभर भएको कारोबारमा उच्च सुधार देखिएको छ ।

साताको नेप्से परिसूचक  पहिलो दिनेको तुलनामा ५४.१५ अंकले बढेर अन्तिम दिन १ हजार २५०.३९ अंकमा उक्लिएको हो ।

यो साता नेपाल स्टक एक्स्चेन्जमा १८१ कम्पनीको कारोबार भएको छ । जस अनुसार २७ हजार ६३३ कारोबारबाट १ अर्ब ६९ करोड ७७ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार हुँदा ५४ लाख ५० हजार २६० कित्ता सेयर खरिदविक्री भएको छ ।

कारोबार रकम गत सातको भन्दा १०.१७ प्रतिशतले घटेको हो । गत १८० कम्पनीको कारोबार भएको थियो । जस अनुसार २७ हजार ५२२ कारोबारबाट १ अर्ब ८८ करोड ९९ लाख ७९ हजार रुपैयाँ बराबर कारोबार हुँदा ५८ लाख ९५ हजार ३० कित्ता सेयर खरिद विक्री भएको थियो ।

क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनमा ११.२ अ.कले बढर २६६.८९ अंकमा आइपुगेको छ । यस साता कारोबार रकम ७ करोड ६७ लाख ३० हजार रुपैयाँको आधारमा नविल बैंक लिमिडेट अग्रस्थानमा रहेको छ ।

त्यसै गरी कारोबार भएको सेयर संख्या (१ लाख ५० हजार कित्ता) को आधारमा जनता बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसै गरी कारोबार संख्या २११५वटा ) को आधारमा राधी विद्युत कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको