अर्थ संसार, काठमाडौं– साताको पहिलो दिने (आज) आइतबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४४.२६ अंकले बढेको छ ।
कारोबार भएको सवै उमूह उकालो लागेको छ । कूल १७६ वटा कम्पनीको २३ लाख १२ हाजर ८६५ कित्ता सेयर खरिदविक्री हुँदा ९१ करोड ७७ लाख ८ हजार ९५९ रुपैयाँको कारोबार भएको छ ।
केहीदिन अघि मात्रै लगानीकर्ताले अर्थ मन्त्रीसँगको भेटघाटमा सेयर बजारको सुधार गर्ने पक्षमा अर्थ मन्त्री युवराज खतिवडा सहमति भएपछि सेयर बजारमा सकारात्मक सन्देश गएको देखिन्छ ।
क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ९.२ अंकले बढेको छ । आज बैकिङ ३३.२६, व्यापार ७.६, होटल ८२.५४, विकास बैंक २४.८८, जलविद्युत ७२.५६, फाइनान्स १०.०६, विमा ३५८.१, उत्पादन ५२.१३, अन्य १५.९४ र माइक्रोफाइनान्स ८५.६६ अंकले बढेको छ । ह्वात्तै बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस