Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदी कारोबारबाट वार्षिक ८ अर्ब राजश्व संकलन

आइतबार, २५ चैत्र २०७४, १७ : १८ मा प्रकाशित

सुनचाँदी कारोबारबाट वार्षिक ८ अर्ब राजश्व संकलन

अर्थ संसार, काठमाडौँ– सुनचाँदी कारोबारबाट मुलुकको राजश्वमा वार्षिक आठ अर्ब योगदान हुने गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले पाँचौँ वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वार्षिक रु ५० अर्बको कारोबार हुने र रु आठ अर्ब राजश्व संकलन हुने जानकारी दिइयो ।

महासंघका अध्यक्ष मोहनकुमार सुुनारले महँगो भन्सारका कारण सुुनचाँदी व्यवसायमा समस्या परेको बताउनुभयो । उहाँका अनुसार एक तोला सुनमा झण्डै पाँच हजार भन्सार तिरेर सुन आयात गर्न परिरहेको छ ।

महासंघले सुन आयात गर्ने अधिकार बैंक र व्यवसायी दुवैलाई दिनुपर्ने, विदेशबाट आउँदा गरगहना बनाएर ल्याउन पाउनुपर्ने, बिल बीजक भएका गहनाको ओसारपसार गर्न पाउनुपर्ने, कर घटाउनुपर्ने, सुन व्यवसायीलाई तालीम दिनुपर्ने, सुनचाँदी व्यवसायलाई आवश्यक शान्ति सुरक्षा दिनुपर्ने र विश्वका धेरै देशमा प्रचलनमा आएको ‘जेम एण्ड ज्वेलरी’ अवधारणा कार्यान्वयनमा ल्याउनुपर्ने माग गरेको छ ।

त्रिपन्न जिल्लामा रहेका सुनचाँदी व्यवसायीको छाता संगठनका रुपमा रहेको महासंघमा २२ हजार व्यवसायी आबद्ध छन् । यस व्यवसायबाट तीन लाख जनताले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेको बताइन्छ ।

महासंघ स्थापनाको पाँचौँ वर्षको अवसरमा भोलि दिउँसो साधारण सभा हुँदैछ । साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने महासंघका प्रवक्ता मनोजकुमार शाहले जानकारी दिनुभयो । साधारण सभाका अवसरमा सुनचाँदी व्यवसायको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने दुई पत्रकारलाई प्रत्येक वर्ष ‘फेनेगोसिडा पत्रकारिता सम्मान’ प्रदान गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको