Like us!
Follow us!
Connect us!
Watch us!

सहकारीको ४ अर्ब लगानी

आइतबार, २५ चैत्र २०७४, १७ : ३५ मा प्रकाशित

सहकारीको ४ अर्ब लगानी

अर्थ संसार, बाबियाचौर, म्याग्दी–जिल्लाका सहकारी संस्थाले वार्षिक करीब रु चार अर्ब लगानी गरेका छन् ।

आर्थिक वर्ष २०७३/७४ मा यहाँका सहकारीले रु तीन अर्ब ७० हजार ६५ लाख ७८ हजार लगानी गरेका बागलुङ सहकारी डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार म्याग्दीमा २१५ वटा सहकारी संस्था स्थापना भएकामा ती संस्थामा आबद्ध ४३ हजार ४८५ जनाको रु ५२ करोड ६६ लाख ९५ हजार शेयर रहेको सहकारीमा गत आर्थिक वर्षमा रु दुई अर्ब ५९ करोड, २३ लाख ८५ हजार बचत रहेको सहकारी निरीक्षक डिलबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४३४ जनालाई रोजगारी प्रदान गरेको सहकारी संस्थाले गतवर्ष रु छ करोड ७९ लाख ९८ हजार खुद मुनाफा गरेका छन् । जिल्लाका सहकारी संस्थामा रू एक अर्ब ६७ हरोड छ लाख ६८ हजार बराबरको सम्पति छ ।
गाउँ÷गाउँमा सहकारी संस्था स्थापनासंगै स्थानीयवासीमा बचतको बानिको विकास, ऋण लिन र आर्थिक कारोबार गर्न सहज भएको जिल्ला सहकारी संघका अध्यक्ष दीपक कार्कीले बताउनुभयो ।

यसैबीच कार्यालयले सहकारी संस्थालाई स्थानीय तहमा हस्तान्तरण शुरु गरेको छ । संघीयका कार्यान्वयनसँग बनेको सहकारी ऐन २०७४ अनुसार सहकारी संस्था दर्ता, नियमन, खारेजी, संरक्षण, प्रवद्र्धनको अधिकार स्थानीय तहमा रहेकाले ऐन कार्यान्वयनका लागि अभिलेख हस्तान्तरण शुरु गरिएको डिभिजन प्रमुख विष्णुप्रसाद शर्माले बताउनुभयो ।

डिभिजन अन्तर्गत म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतमा एक हजार ६९ वटा सहकारी संस्था दर्ता भएकामा जिल्लामा दुई सय बढी सहकारी छन् । रघुगंगा गाउँपालिकाका २१ वटा सहकारी संस्था गाउँपालिकालाई हस्तान्तरण गरेको डिभिजनले स्थानीय तहलाई पनि सहकारी हस्तान्तरणको तयारी गरेको छ ।

स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका लागि सहकारी सम्बन्धी ऐन, नियमको बारेमा अभिमुखीकरण गरेर हस्तान्तरण गर्न लागिएको डिभिजन प्रमुख शर्माले बताउनुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको