Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स फाइनान्सको संस्थापक सेयर लिलामीमा, यहाँबाट आवेदन दिनुहोस्

सोमबार, २६ चैत्र २०७४, ०८ : २७ मा प्रकाशित

रिलायन्स फाइनान्सको संस्थापक सेयर लिलामीमा, यहाँबाट आवेदन दिनुहोस्

अर्थ संसार, काठमाडौं– रिलायन्स फाइनान्सको संस्थापक तर्फको सेयर सोमवारदेखि लिलामीमा आएको छ । 

कम्पनीले यसअघि चैत १ देखि ८ गतेसम्म लिलाम विक्रीको आहवन गर्दा विक्री हुन नसकेको ५ लाख ३५ हजार ३ सय १४.५२ कित्ता संस्थापक सेयर पुनः लिलामीमा विक्री गरेको हो ।  लगानीकर्ताले  बैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले सेयरको न्यूनतम मूल्य  १ सय तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकहरुले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । अधिकतमका लागि कुनै हद तोकिएको छैन ।

कहाँबाट आवेदन दिने ?

विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड सहित रिलायन्स फाइनान्स लिमिटेडको पोखरा, चितवन, बनेपा र झापाको शाखाबाट आवेदन दिन सकिनेछ । साथै सनराइज बैंकको विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट पनि आवेदन पेश गर्न सकिने व्यवस्था रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको