अर्थ संसार, काठमाडौं –सरकारले लिएको सकारात्मक पहल तथा लगानीकर्तामा बढ्दै गएको विश्वासका कारण सेयर बजारले गति लिन थालेको छ ।
बजारलाई व्यवस्थित बनाउन सरकारले लिएका केही सकारात्मक पहलका कारण बजारमा सकारात्मक भाइब्स देखिएको छ ।
बजार घटाएको र लगानीकर्तालाई निराश पारेको भन्दै अर्थमन्त्री डा युवराज खतिवडामाथि आरोप लगाउन उद्यत् भएका केही कारोबारकर्ता समेत पछिल्लो दिन देखिएको सुधारका कारण खुसी भएका छन् ।
अघिल्लो सातादेखि नै बजारले लग समातेको छ । बजारलाई व्यवस्थित बनाउन सरकारले श्वेतपत्र मार्फत केही विषय सम्बोधन समेत गरेको छ ।
देशको अर्थतन्त्रको ऐनासँग जोडिएको बजारमा लगातार सुधार आउन थालेपछि सरकारको पछिल्लो नीतिले थप गति लिने व्श्विास गरिएको छ ।
अघिल्लो सातादेखि नै बजारले लग समातेको छ । बजारलाई व्यवस्थित बनाउन सरकारले श्वेतपत्र मार्फत केही विषय सम्बोधन समेत गरेको छ ।
गत बिहीबार अर्थमन्त्रीले सेयर दलाल तथा लगानीकर्तासँग बजारको विषयमा छलफल गरेपछि समग्र बजार सूचक बढेको हो ।
अर्थमन्त्रीले सेयर लगानीकर्तालाई सेयर बजारको सन्दर्भमा आफू नकारात्मक नभएको बताएपछि बजार सुधारको गतिलाई निरन्तरता दिएको हो ।
वित्तीय प्रणालीमा निक्षेप बढ्न थालेपनि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस