अर्थ संसार, काठमाडौं– केही देखि निरन्तर उकालो लागेको सेयर बजारको यात्रा आज (सोमबार) रोकिएको छ ।
नेप्से घटेपनि कारोबार रकममा भने बृद्धि भएको छ । धितोपत्र बजार ६.८७ अंकले घटेको छ । हिजो (आइतबार) ४४.२६ अंकले बढेको बजारमा ९१ करोडको कारोबार भएको थियो । तर, आज ६.८७ अंकले घटेको बजारमा ९४ करोड ९६ लाख २९ हजार ३०९ रुपैयाँको कारोबार भएको छ ।
कूल १६९ वटा कम्पनीको २६ हजार २७ हजार ८३२ कित्ता सेयर खरिदविक्री भएको छ । बजारमा सेयर बेच्नेको चाप बढेसँगै बजार घटेको हो । दिउँसो १२ बजेसम्म २१.२२ अंकले बढेको बजारमा अन्तिम सम्म २७ अंकले घटेर बजार बन्द भएको छ ।
कारोबार भएको ९ वटा समूहमध्ये ८ वटा समूह ओरालो लाग्दा नेप्से १२८७.५४ विन्दुमा रोकिएको छ । जुन हिजोको तुलनमा नेप्से ८ अंकले झरेको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.२५ अंकले घटेको छ ।
अन्य समूह मात्रै २.९१ अंकले बढेको बजारमा बैकिङ ५.७३ , होटल ३६.७४, विकास बैंक १८.६४, जलविद्युत २८.५८, फाइनान्स ०.६९, विमा २९.९३, उत्पादन २१.१५ र माइक्रोफाइनान्स ६.१७ अंकले घटेको छ । व्यापार समूहको भने आज कारोबार भएन ।
कसले धेरै कमाए, कसले गुमाए ?
आज सिर्जना फाइनान्स लिमिटेड, सूर्याेदय लद्युवित्त वित्तीय संस्था, कावेली विकास बैंकले ९ प्रतिशत बढीले बृद्धि भएको छ भने यता कर्पाेरेट डेभलपमेन्ट बैंक, बुटवल पावर कम्पनी लिमिटेड लगायतका कम्पनीमा लगानी गर्ने लगानीकर्ताले केही प्रतिशत गुमाएका छन् ।
कमाउने र गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस