अर्थ संसार, काठमाडौं – ५०१ मा एफपिओ बेचेको बुटबल पावर कम्पनी लिमिटेडको शेयर मूल्य निरन्तर ओरालो लागिरेहेको छ ।
उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु ४७० रहेको छ । सेयर मूल्य घटेर अहिले थप निष्कासन (एफपीओ) को भन्दा कम भएको छ ।
सोमबार बजार घटेर बीपीसीको सेयर मूल्य प्रतिकित्ता रु ४७० मा काराबार भएको थियो ।एफपीओ निष्कासन गर्नुअघि कम्पनीको सेयर बढेर प्रतिकित्ता रु ७ सय माथि रहेको थियो ।
कारोबार चार्ट
कम्पनीले नयाँ शेयरधनीलाई समेत गरी २० प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
रु ५०१ मा एफपीओ किन्नेले जम्मा रु २० लाभांश पाउने भएका छन् । कम्पनीको सेयर मूल्य बढ्ने भन्दा पनि घट्ने क्रममा रहेकाले लगानीकर्ताले राम्रो प्रतिफल पाउने अवस्था छैन ।
नगद लाभांश दिने प्रस्ताव पारित गर्न कम्पनीले आगामी जेठ ८ गते वार्षिक साधारणसभा बोलाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस