Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा उत्साह धेरै दिन टिकेन, १७ अंकले घटेको बजारमा ३४ करोडको कारोबार

मंगलबार, २७ चैत्र २०७४, १५ : १९ मा प्रकाशित

सेयर बजारमा उत्साह धेरै दिन टिकेन, १७ अंकले घटेको बजारमा ३४ करोडको कारोबार

अर्थ संसार, काठमाडौं–  कारोबार भएको सवै समूह ओरालो लाग्दा नेप्से १२७०.२३ विन्दुमा पुगेको छ । १२८७.७८ विन्दुबाट सुरु भएको नेप्से बजार बन्दा हुँदा सम्म ७ अंक घटि १२७०.२३ विन्दुमा रोकिएको हो ।

धितोपत्र बजार १७.५५ अंकले घट्दा कारोबारसमेत भारी गिरावाट आएको छ । कूल १६० वटा कम्पनीको ९ लाख ८३ हजार १५९ कित्ता सेयर खरिदविक्री ३४ करोड ९० लाख ५१ हजार ७७ रुपैयाँमा विक्री भएको छ ।   क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.६२ अंकले घटेको छ ।

घटेको बजारमा बैकिङ १५.१९, होटल ४.१६, विकास बैंक १७.६४, जलविद्युत ४०.५८, फाइनान्स ३.०९, विमा ९४.६३, उत्पादन ६९.५८, माइक्रोफाइनान्स २६.४६ र अन्य ३.१५ अंकले घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा स्वेदशी लद्युवित्त वित्तीय संस्था, उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था र राधी विद्युत कम्पनी लगायतका कम्पनी केही प्रतिशतले बढेका छन भने हाम्रो विकास बैंक, तारागाउँ रिजेन्सी होटल्स लगायतका कम्पनी केही प्रतिशतले घटेको छ ।

कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5acc898383e37.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको