अर्थ संसार, काठमाडौं– लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक र सर्वसाधारको हकप्रद सेयर गरी कुल ६ लाख १ हजार ३ सय २५ दशमलव ४७ कित्ता सेयर लिलामीमा विक्री गर्न लागेको छ ।
बैंकले सो कित्ताको लागि बोलकबोल गर्ने मिति २०७५ साल वैशाख २ गतेदेखि ९ गतेसम्म तोकेको छ ।
बैंकले १० बराबर १ को अनुपातमा जारी गरेको हकप्रद सेयरमा पूर्ण आवेदन नपरेपछि लिलामीमा विक्री गर्न लागेको हो ।
बैंकले सेयरको न्यूनतम मूल्य १ सय तोकेको हुँदा सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्न आग्रह गरेको छ ।
बैंकको सेयरमा बोलकबोल गर्दा आवेदकहरुले न्यूनतम १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि अवोदन दिन सक्नेछन् । बैंकको विक्री प्रबन्धक भिबोर क्यापिटल लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस