Like us!
Follow us!
Connect us!
Watch us!

४ कम्पनीको १४ लाख ५८ हजार कित्ता सेयर लिलामीमा, कुनको कति ?

बुधबार, २८ चैत्र २०७४, ११ : ०२ मा प्रकाशित

४ कम्पनीको १४ लाख ५८ हजार कित्ता सेयर लिलामीमा, कुनको कति ?

अर्थ संसार, काठमाडौं– चारकम्पनीको सेयर लिलामीमा राखिएको छ ।  तीन कम्पनीको सेयर विक्री खुल्ला भैरहेको छ भने एक कम्पनीको सेयर बैशाख २ देखि विक्री खुल्ला हुँदैछ ।

रिलायन्स फाइनान्स लिमिटेड, कावेली विकास बैंक र  श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडको सेयर बिक्री खुल्ला भैरहेको छ  ।  यी चार  वटै कम्पनीको सेयर पहिलो चरणमा विक्री खुल्ला भएको समयमा नविकेको संस्थापक र साधारण सेयर लिलामीमा राखेको हो ।

रिलायन्स फाइनान्स

रिलायन्स फाइनान्स लिमिटेडको संस्थापक सेयर चैत्र २६ गतेदेखि विक्री खुल्ला गरिएको छ । यस अघि कम्पनीले निश्कासन गरिएको नबिकेको संस्थापक सेयर लिलाममा राखिएको हो ।

कम्पनीको ५ लाख ३५ हजार ३ सय १४.५२ कित्ता सेयर लिलाममा राखिएको छ । यस कम्पनीको सेयर किन्न इच्छुक लगानीकर्ताले बैशाख ३ गतेसम्म आवेदन दिन सक्नेछन् । यस कम्पनीको सेयर विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

 काबेली बिकास बैंक

काबेली बिकास बैंकले संस्थापक सेयर चैत्र २७ गतेदेखि विक्री खुल्ला गरिएको छ । कम्पनीले ४५ हजार ३ सय ५१ कित्ता संस्थापक सेयर लिलाममा राखेको हो  ।

यस कम्पनीको सेयर किन्न इच्छुक लगानीकर्ताले बैशाख ४ गतेसंम्म आवेदन दिन सक्नेछन् । यस कम्पनीको सेयर विक्री प्रबन्धकमा ग्लोवल आइएमइ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडको संस्थापक सेयर चैत्र २८ गतेदेखि  विक्री खुल्ला गरिएको छ कम्पनीको २ लाख ७७ हजार ९ सय ९६.५३ कित्ता सेयर लिलाममा राखेको छ ।

यस कम्पनीको सेयर किन्न इच्छुक लगानीकर्ताले बैशाक ५ गतेसम्म आवेदन दिन सक्नेछन् । यस कम्पनीको सेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

लुम्बिनी विकास बैंक

लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक र सर्वसाधारको हकप्रद सेयर गरी कुल ६ लाख १ हजार ३ सय २५ दशमलव ४७ कित्ता सेयर लिलामीमा विक्री गर्न लागेको छ ।
बैंकले सो कित्ताको लागि बोलकबोल गर्ने मिति २०७५ साल वैशाख २ गतेदेखि ९ गतेसम्म तोकेको छ ।

बैंकले १० बराबर १ को अनुपातमा जारी गरेको हकप्रद सेयरमा पूर्ण आवेदन नपरेपछि लिलामीमा विक्री गर्न लागेको हो ।बैंकले सेयरको न्यूनतम मूल्य  १ सय तोकेको हुँदा सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्न आग्रह गरेको छ ।

बैंकको सेयरमा बोलकबोल गर्दा आवेदकहरुले न्यूनतम १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि अवोदन दिन सक्नेछन् । बैंकको विक्री प्रबन्धक भिबोर क्यापिटल लिमिटेड रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको