Like us!
Follow us!
Connect us!
Watch us!

दोर्दी खोला जलविद्युतले आइपिओ बिक्री गर्दै

बुधबार, २८ चैत्र २०७४, ११ : ४३ मा प्रकाशित

दोर्दी खोला जलविद्युतले आइपिओ बिक्री गर्दै

अर्थ संसार, काठमाडौँ – लमजुङमा आयोजना स्थल रहेको दोर्दीखोला जलविद्युत् आयोजनाले आइपिओ बिक्री गर्ने भएको छ ।

कूल १२ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको ‘दोर्दी खोला जलविद्युत कम्पनी’ ले साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

सो आयोजना  सिइडिबी हाइड्रो फन्डको सहायक कम्पनी हो । सेयर निष्कासनका विषयमा कम्पनीले आन्तरिक तयारी सुरु गरेको जनाएको छ ।

आइपिओ निस्काशनकका लागि आज वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभामा छलफल भएपछि मात्र सेयर निष्कासन प्रक्रिया अघि बढ्ने बताइएको छ ।

कम्पनीले स्थानीयवासीको लागि करिब रु २० लाखसम्मको साधारण सेयर निष्कासनको तयारी गरेको छ ।

तर, यो विषय टुंगो लाग्न बाँकी रहेको उनले बताए । आयोजनाको लागत रु २ अर्ब २९ करोड अनुमान गरिएको छ । अगामी डेढ वर्षमा आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

यो पनि पढ्नुहोस्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको