Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताकर्तालाई आशा जगाएर बन्द भयो सेयर बजार

बुधबार, २८ चैत्र २०७४, १७ : ३८ मा प्रकाशित

लगानीकर्ताकर्तालाई आशा जगाएर बन्द भयो सेयर बजार

अर्थ संसार, काठमाडौं– आज  सेयर बजार परिसुचक नेप्से समान्य अंकले वृद्धि भएर बन्द भएको छ । साताको अन्तिम दिन आज ३.१० अंकले बढेर बन्द भएको हो ।

कारोबार भएका नौ समूहमध्ये पाँच समूहमा हरियाली छाएको बजारमा चार समूह भने घटेका छन् ।

आज बैंकिङ समूह ३ दशमलव २७ अंकले, जलविद्युत समूह १० दशमलव ०२ अंकले, बीमा समूह ४२ दशमलव १ अंकले, उत्पादन तथा प्रशोधन समूह १२ दशमलव ६ अंकले र लघुवित्त समूह ४ दशमलव ७२ अंकले बढेका छन् ।

 त्यस्तै होटल समूह १७ दशमलव १४ अंकले, विकास बैंक समूह ८ दशमलव ६१ अंकले, फाइनान्स समूह ३ दशमलव ३४ अंकले र अन्य समूह १ दशमलव ८४ अंकले घटेका छन् ।

परिसुचक बढेपनि कारोबार रकम भने बढ्न सकेन । मंगलबार रु ३४ करोड को सेयर  कारोबार भएको बजारमा आज १५८ कम्पनीको रु २८ करोड ८४ लाख ७८ हजार ७७२ सेयर किनबेच भएको छ ।

जसमध्ये नबिल बैंकको संस्थापक सेयर रु ३ करोड ५१ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । त्यस्तै ओम डेभलपमेन्ट बैंकको २ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको