Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ९ कम्पनीको ३ करोड २१ लाखबढी बोनस सेयर सूचिकृत, कुनको कति ?

विहीबार, २९ चैत्र २०७४, ११ : ३९ मा प्रकाशित

नेप्सेमा ९ कम्पनीको ३ करोड २१ लाखबढी बोनस सेयर सूचिकृत, कुनको कति ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज ९ वटा कम्प्नीको बोनस सेयर सूचिकृत भएको छ ।

नेप्सेका प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, सनराइज बैंक लिमिटेड, नागवेली लद्युवित्त विकास बैंक लिमिटेड, अपि पावर कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटड,सिभिल लद्युवित्त वित्तीय संस्था, तिनाउ विकास बैंक र प्राइम कमर्सियल बैंक  लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

सूचिकृत हुनेमा ४ बैंक, १ जलविद्युत कम्पनी, १ फाइनान्स, २ विमा  १ फाइनान्स कम्पनी छन् । ९ कम्पनीको ३ करोड २१ लाख ९८ हजार ९ सयबढी कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

कुनको कति ?  

सनराइज बैंक लिमिटेड

 सनराइज बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको १ करोड ६ लाख ३३ हजार ७६८.५० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

नागवेली लद्युवित्त विकास बैंक लिमिटेड

यस बैंकको २ लाख ४० हजार ०४६.१५ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

तिनाउ विकास बैंक

तिनाउ विकास बैंक लिमिटेडको ४ लाख ६० हजार ८४९.९२ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंक लिमिटेडको बोनस सेयर आज नेप्सेमा सूचिकृत भएको छ । बैंकको १ करोड ७० हजार ६६६. ८९ कित्ता सेयर सूचिकृत भएको हो ।

अपि पावर कम्पनी

अपि पावर कम्पनी लिमिटेडको बोनस सेयर बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचिकृत भएको छ । कम्पनीको ८ लाख ४० हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

प्रुडेन्सियल इन्स्योरेन्स

यस विमा कम्पनीको १२ लाख ८३ हजार ०४० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १० लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ।

 जानकी फाइनान्स कम्पनी लिमिटड

यस कम्पनीको ६ लाख १५ हजार ३४६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।

सिभिल लद्युवित्त वित्तीय संस्था

सिभिल लद्युवित्त वित्तीय संस्था लिमिटेडको ४७ हजार २५० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

5acf057343fc5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको