Like us!
Follow us!
Connect us!
Watch us!

दुई जलविद्युत् कम्पनीका ५ करोड ७१ लाखको आइपिओ आउँदै

विहीबार, २९ चैत्र २०७४, १३ : १३ मा प्रकाशित

दुई जलविद्युत् कम्पनीका ५ करोड ७१ लाखको आइपिओ आउँदै

अर्थ संसार, काठमाडौं– काठमाडौँ – धितोपत्र बजामरा दुई जलविद्युत् कम्पनीले आइपिओ बिक्री गर्ने भएको छन् ।

नेपाल धितोपत्र बोर्डले दिएको जानकारीअनुसार जोशी हाइड्रो पावर र शुभम् पावरलाई रु ५ करोड ७१ लाख बराबरको साधारण सेयर बिबक्री गर्ने अनुमति दिइएको छ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई रु ३ करोड ७१ लाख ४० हजार  बराबरको ३ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिइएको छ ।

आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशतका दरले आईपीओ निष्कासन गर्न बोर्डबाट स्वीकृती पाएका हुन् ।

यस्तै शुभम् पावर कम्पनी लिमिटेडलाई रु २ करोड बराबरको २ लाख कित्ता निष्कासनका लागि अनुमति दिएको हो । जोशीको सिद्धार्थ क्यापिटल लिमिटेड र शुभम्को सीबीआईएल क्यापिटल लिमिटेडले आईपीओ निष्कासन गर्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको