Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से र कारोबार दुवैमा सुधार

विहीबार, २९ चैत्र २०७४, १५ : ५३ मा प्रकाशित

नेप्से र कारोबार दुवैमा सुधार

अर्थ संसार, काठमाडौं– कारोबार भएको  ७ वटा समूह उकालो लाग्दा नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४.२२  अंकले बढेको छ ।

साताको अन्तिम दिन (आज) बिहीबार  हिजो(बुधबार) को तुलनामा कारोबार र नेप्से दुवैमा बृद्धि भएको छ । बुधबार ३.२७ अंकले बढेको बजारमा २८ करोडको कारोबार भएको थियो ।

तर, आज  १६५ वटा कम्पनीको १३ लाख २९ हजार ९३० कित्ता सेयर खरिदविक्री हुँदा ४४ करोड ३० लाख ९६ हजार २६६ रुपैयाँको कारोबार भएको छ । क वर्गको सेयर मापन गर्ने  सेन्सेटिभ परिसूचक समेत ०.७३ अंकले बढको छ ।

सामान्य अंकले बढेको बजारमा बैकिङ १.१२ र फाइनान्स ५.०६ अंकले घटेको छ । यता होटल १९.६८, विकास बैंक ११.४१, जलविद्युत ०.६७, विमा ७९.८७, उत्पादन ३८.७४, अन्य ४.०२ र माइक्रोफाइनानस १०.७१ अंकले बढेको छ ।

आज प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड, सुर्या लाइफ इन्स्योरेन्स कमपनी लिमिटेड लगायतका कम्पनीमा लगानी गर्ने लगानीकर्ता आफ्नो आम्दानी केही प्रतिशतले बढाएका छन् भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, कावेली विकास बैंकमा लगानी गर्ने लगानीकर्ताले केही प्रतिशत गुमाएका छन् ।

सामान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5acf347480bf4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको