Like us!
Follow us!
Connect us!
Watch us!

बाल महोत्सवमा १५ लाखको कारोबार

शनिबार, ०१ बैशाख २०७५, १५ : २८ मा प्रकाशित

बाल महोत्सवमा  १५ लाखको कारोबार

अर्थ संसार, गाईघाट, उदयपुर–उदयपुर कटारी नगरपालिकास्थित कटारी बजारको टाइगर रंगशालामा सञ्चालन भइरहेको बाल महोत्सवमा तीन दिनभित्र झण्डै रु १५ लाख बराबरको आर्थिक कारोबार भएको छ ।

चैत २८ गतेदेखि सञ्चालन भइरहेको सोे महोत्सवमा बाल अधिकारसंग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन तथा स्थानीयस्तरबाट उत्पादित वस्तुको प्रदर्शनी र बिक्रीजस्ता कार्यबाट सो रकमको कारोबार भएको आयोजक जनप्रेमी युवा मञ्च उदयपुरले जनाएको छ ।

दस दिनसम्म सञ्चालन हुने सो महोत्सवमा १२५ व्यापारिक स्टल राखिएका छन् भने स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको गीत तथा सांगीतिक प्रस्तुतिसमेत हुने गरेको मञ्चका अध्यक्ष सुरेश गुप्ताले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको