Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डले भन्यो ‘सेयर खरिद विक्री गर्दा अनलाइन कारोबार गर’

आइतबार, ०२ बैशाख २०७५, ०८ : १२ मा प्रकाशित

धितोपत्र बोर्डले भन्यो ‘सेयर खरिद विक्री गर्दा अनलाइन कारोबार गर’

अर्थ संसार, काठमाडौं– धितोपत्र ब्रोकरहरूले इन्टरनेट (अनलाइन) मार्फत सेयर खरिद–बिक्रीको आदेश दिन सकिने व्यवस्था गर्नुपर्ने भएको छ ।

नियमाक निकाय धितोपत्र बोर्डले उक्त निर्देशन दिएको छ । बोर्डले शुक्रबार परिपत्र जारी गरेर नयाँ वर्षको सुरुदेखि नै यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।

लगानीकर्ताको हितलाई दृष्टिगत गरी धितोपत्रको कारोबार प्रक्रियालाई थप सहज, पारदर्शी, सरल, छिटो, छरितो र लगानीकर्ता मैत्री बनाउन तथा धितोपत्र दलाल व्यवसायीको कार्यालयमा रहने कारोबारसम्बन्धी अभिलेखलाई अझ व्यवस्थित र सुदृढ गर्न यस्तो व्यवस्था गरिएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल उपयोग गरिरहेको ब्रोकर ब्याक अफिस सफ्टवेरमा इन्टरनेट मार्पmत प्राप्त धितोपत्र कारोबार गर्न खरिद–बिक्री आदेश दिने व्यवस्थालाई थप परिमार्जित र सुधार गर्न बोर्डले निर्देशन दिएको हो।

‘हाल प्रयोगमा रहेको ब्रोकर व्याक अफिस सफ्टवयरमा आवश्यक सुधार गरी उक्त सुविधा समावेश गरिएको जानकारी बोर्डमा प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘इच्छुक लगानीकर्ताका लागि ०७५ को सुरुदेखि इन्टरनेट मार्पmत धितोपत्र खरिद–बिक्रीको लागि आदेश दिन सक्ने व्यवस्था गर्न धितोपत्र दलाल व्यवसायीलाई परिपत्र गरिएको छ ।’

यो व्यवस्थाबाट लगानीकर्तालाई धितोपत्र खरिद–बिक्री गर्न धितोपत्र दलाल व्यवसायीको कार्यालयमा उपस्थित हुनुपर्ने झन्झटको अन्त्य हुने, धितोपत्रको कारोबार प्रक्रिया तथा अभिलेखसम्बन्धी कार्य थप व्यवस्थित सहज, पारदर्शी, सरल, छिटो, छरितो र लगानीकर्तामैत्री हुने बोर्डको अपेक्षा छ ।

5ad2dea4230eb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको