अर्थ संसार, काठमाडौं– नयाँ वर्षसँगै सेयर बजारमा उत्साह छाएको छ । सेमी अनलाईनको सुरुवातले बजारलाई थप उत्साह थपेको छ ।
सेयर बजारमा कारोबार भएको ९ वटा समूह उकालो लाग्दा मंगलबार नेप्से इन्डेक्स १२९७ विन्दुबाट १३३१ विन्दुमा पुगेको छ ।
बजार ३३.६१ अंकले बढ्दा कूल १६६ वटा कम्पनीको १८ लाख ९५ हजार ५०६ कित्ता सेयर ९५ करोड ४० लाख ६ हजार ५०४ रुपैयाँमा विक्री भएको छ ।
क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ६.३२ अंकले बढेको छ । कारोबार भएो समूह मध्ये व्यापर समूह ५.५७ अंकले घटेको छ ।
बैकिङ १२.२, होटल ८६.०१, विकास बैंक ३५.५१, जलविद्युत ४०.८२, फाइनान्स ८.९४, विमा ३६०.४३, उत्पादन ५४.९९, अन्य २१.९९ र माइक्रोफाइनान्स १२०.११ अंकले बढेको छ ।
दोहोरो अंकले बढेको बजारमा महिला महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था र प्रुडेन्सियल इन्स्योरेन्स१० प्रतिशतले बढेको छ भने सहयोग विकास बैक सवै भन्दा कम ४.५ प्रतिशतले घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस