Like us!
Follow us!
Connect us!
Watch us!

द ब्रिटिस कलेजले सुरु गर्यो योङ इन्टरप्रेनर्स सोसाइटी

शुक्रबार, ०१ पुस २०७३, ११ : २९ मा प्रकाशित

द ब्रिटिस कलेजले सुरु गर्यो योङ इन्टरप्रेनर्स सोसाइटी

अर्थ संसार
काठमाडौं–द ब्रिटिस कलेजले आफ्ना विद्यार्थीहरुका नविन व्यावसायिक सोचलाई व्यवसायमा रुपान्तरण गर्ने उद्धेश्यले योङ्ग इन्टरप्रेनर्स सोसाइटी (एस) सुरु गरेको छ ।

कलेजले विहिबार विशेष कार्यक्रम आयोजना गरेर सोसाइटीको औपचारिक सुरुआत गरेको हो । कलेजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी एवं उद्यमी राजेन्द्र खेतानले उक्त सोसाइटीको उद्घाटन गरेका थिए । त्यस अवसरमा खेतानले नेपालमा व्यवसायीक सम्भावनाका बारेमा विद्यार्थीलाई बताएका थिए । उनले नेपालमा बस्तुको माग र आपुर्तिको अवस्थाको बारेमा पनि योङ्ग इन्टरप्रेनर्स सोसाइटीमा आबद्ध विद्यार्थीहरुलाई जानकारी दिएका थिए ।

कार्यक्रममा कलेजका निर्देशक महेन्द्र कँडेल र प्रिन्सिपल माइकल बान्र्सले विद्यार्थीहरुको अभियानको स्वागत गर्दै यस्ता सिर्जनात्मक कार्यक्रममा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । योङ् इन्टरप्रनेर्स सोसाइटीको स्थापना स्नातकोत्तर तहका चार विद्यार्थीहरु सुभद्रश्री राजभण्डारी, कृष्णबहादुर सिंह, सफल श्रेष्ठ र आह्वान श्रेष्ठले गरेका हुन । उनीहरुले सोसाइटीको उद्धेश्य र यसले भविष्यमा गर्ने कार्यक्रमहरुको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

द व्रिटिश कलेजले बेलायतको लिड्स बेकेट युनिभर्सिटी र युनिभर्सिटी अफ वेस्ट इङ्ग्ल्याण्डको सम्बन्धनमा बिबिए, बिएस्सी कम्प्युटीङ्, एमएस्सी इन्टरनेशनल म्यानेजमेन्ट, एमबिए र एमबिए (एक्जुकेटिभ) लगायतका अन्तर्राष्ट्रिय स्तरका डिग्रीहरु नेपालमै अध्यापन गराउँदै आएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको