Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा उत्साह कायमै, नेप्से ३१.८३ अंकले बढ्दा १ अर्ब १२ करोडको कारोबार

बुधबार, ०५ बैशाख २०७५, १५ : २६ मा प्रकाशित

सेयर बजारमा उत्साह कायमै, नेप्से ३१.८३ अंकले  बढ्दा १ अर्ब १२ करोडको कारोबार

अर्थ संसार, काठमाडौं–  केही दिन अघिदेखि बढेको सेयर बजारले (आज) बुधबार पनि कायमै छ । 

कारोबार भएको सवै समूह उकालो लाग्दा नेप्स इन्डेक्स १३३१.३९ बाट १३६३.०७ विन्दुमा पुगेको छ ।

बजार ३१.८३ अंकले बढ्दा १ अर्ब १२ करोड ६७ लाख १६ हजार १७ रुपैयाँको कारोबार भएको छ ।

  कूल १६५ वटा कम्पनीको २४ लाख ४० हजार १०५ कित्ता सेयर खरिदविक्री भएको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ६.२७ अंकले बढेको छ ।

ह्वात्तै बढेको बजारमा बैकिङ ३२.८९, व्यापार ४.३९, होटल ३७.६५, विकास बैंक ६५.३४, जलविद्युत १०७.७३, फाइनान्स १३.६९, विमा ६३.५१, उत्पादन २८.३५, माइक्रोफाइनान्स ५.३९ र अन्य ७.८१ अंकले बढेको छ ।

ङादी ग्रुप पावर लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेडर  नयाँ नेपाल लद्युवित्त विकास बैंकमा लगानी गर्ने लगानीकर्ताले आफ्नो आम्दानी १० प्रतिशतले बढाएको छन भने एसियन लाइफ इन्स्योरेका लगानीकर्ताले सवै भन्दा कम ४ प्रतिशतले गुमाएका छन् । 

कमाउने र कम्पनीहरु

गुमाउने कम्पनीहरु

5ad71710d7f21.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको