अर्थ संसार, काठमाडौं– धितोपत्र बजार आइतबार उच्च अंकले बढेसँगै सेयर बेच्न लगानीकर्ता ओहिरो लागेपछि (आज) सोमबार नेप्से २७.६४ अंकले घटेको छ ।
नेप्से घटेपनि कारोबार रकममा भने भारी बृद्धि भएको छ । २७.६४ अंकले घटेको बजारमा १ अर्ब ५१ करोड ९९ लाख ४२ हजार ८१५ रुपैयाँको कारोबार भएको छ ।
१७० वटा कम्पनीको ३१ लाख १४ हजार ६१८ कित्ता सेयर खरिदविक्री भएको छ । कारोबार भएको सवै समूह ओरालो लाग्दा नेप्से इन्डेक्स १४३९.६० बाट १४११.१५ विन्दुमा आइपुगको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ६.०७ अंकले घटेको छ ।
आज बैकिङ २५.१६, व्यापार ५.९९, होटल ७८.७८, विकास बैंक ३१.५४, जलविद्युत ५४.७३, फाइनान्स ९.५९, विमा ८८.४४, उत्पादन २९.०८, अन्य १६.७७ र माइक्रोफाइनान्स ३०.७८ अंकले घटेको छ ।
घटेको बजारमा स्वदेशी लद्युवित्त वित्तीय संस्था लिमिटेडका कम्पनीले सवै भन्दा धेरै झण्डै १० प्रशितले बढेको छ भने सवै भन्दा कम राधि विद्युत कम्पनी लिमिटेड ६ प्रतिशतले घटेको छ ।
कमाउने कमपनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस