अर्थ संसार, काठमाडौँ – नेपाल स्टक एक्चेन्जमा सूचीकृत भएका विविभन्नकम्पनीले धमाधम लाभाशं घोषणा गरिरहेका छन् । राजनीतिक रुपमा सरकार स्थिर छ ।
बजार सहज अवस्थामा नै छ । तर, पनि सेयर बजारमा सोमबार र मंगलबार भने अपेक्षित सुधार आउन सकेन ।
आइतबार ५० अंक भन्दा बढीले बढेको बजार सोमबार, मंगलबार र बुधबार घटदा बढेको भन्दा घटेर तल्लो बिन्दुमा पुगेको छ । चौध सय माथि पुगेको बजार घटेर १३ सयको बिन्दुमा आइपुगेको छ ।
सूचिकृत कम्पनीहरुले साधारणसभा गरिरहँदा सेयरबजार भने निरन्तर ओरालो लागेको छ ।
राजनीतिक वातावरण समेत सुध्रिदै गएको अवस्थामा सेयर बजारमा आएको गिरावटलाई लिएर लगानीकर्ता अलमलमा परेको देखिएको छ । केही लगानीकर्तामा भने नाफा कमाउने सोच बढी हावी भएको विश्लेषकहरुको दावी छ ।
सामान्यतया लाभांशको समयमा सेयर खरिदको चाप पर्ने गर्छ तर विगतको भन्दा ठिक उल्टो यसपालि बजार भने पुनः निरन्तर ओरालो लागेको छ । कतिपय कम्पनीले साधारणसभाबाट लाभांस पारित समेत गरिसकेका छन् । त्यसले समेत बजारमा कुनै प्रभाव पारेको छैन ।
बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था रहेको छ । सरकारले श्वेतपत्र मार्फत आर्थिक परिदृश्य आम नागरिकलाई जानकारी गराएकै छ । राजनीतिक वातावरण समेत सुध्रिदै गएको अवस्थामा सेयर बजारमा आएको गिरावटलाई लिएर लगानीकर्ता अलमलमा परेको देखिएको छ । केही लगानीकर्तामा भने नाफा कमाउने सोच बढी हावी भएको विश्लेषकहरुको दावी छ ।
सेयरबजारमा राजनैतिक प्रभाव पर्ने भएपनि अहिले राजनैतिक गतिविधीले सकारात्मक प्रभाव पर्नेमा नकारात्मक प्रभाव परेकोमा लगानीकर्ता भने चिन्तित देखिएका छन् ।राष्ट्र बैंकले पनि बजारमैत्री व्यवहार गरिरहेको छ ।
सेयरको माग नहुँदा बजार निरन्तर ओरालो लाग्न पुगेको हो कि भन्ने अनुमानहरु पनि बजारमा छन् । तर एकपटक ह्वात्तै बढ्ने र पुनः घटेर बढेको भन्दा कममा आइपुग्ने खेलो बजारमा देखिएको छ । यस्तो अवस्थामा सोच विचार गरेर मात्रै शेयरमा लगानी गर्नु उपयुक्त हुने जानकारहरुको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस