अर्थ संसार, काठमाडौं– सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । लगातार घट्दै आएको बजार आज २९।२५ अंकले ओरालो लागेर नेप्से परिसूचक एक हजार ३५७ बिन्दुमा आइपुगेको हो ।
यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ६.०६ बिन्दुले कमी आई २८७.०६ बिन्दुमा आइपुगेको छ ।
कूल १५९ कम्पनीको १३ लाख ३८ हजार ७३७ कित्ता शेयर रु ६३ करोड ८४ लाख ४३ हजार ३६३ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ ।
स्टकका अनुसार बैंकिङ २१.४२, होटल ४७.०९, विकास बैंक ३४.७५, जलविद्युत् ४६.६८, फाइनान्स ११.६१, बीमा २३१.१२, उत्पादन ३७.४१, अन्य १२.५४ र माइक्रोफाइनान्स समूह ४३.२६ अंकले ओरालो लागेको थियो ।
साताको पहिलो दिन गत आइतबार ५० अंकले बढेको बजार त्यसपछि भने लगातार ओरालो लाग्दै कारोबार बन्द भएको छ ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस