Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल सेवा लघुवित्तको १ लाख ८० हजार कित्ता आइपिओ भर्ने अन्तिम दिन आइतबार, यहाँबाट यसरी आवेदन दिनुहोस्

शनिबार, १५ बैशाख २०७५, १० : १८ मा प्रकाशित

नेपाल सेवा लघुवित्तको १ लाख ८० हजार कित्ता आइपिओ भर्ने अन्तिम दिन आइतबार, यहाँबाट यसरी आवेदन दिनुहोस्

अर्थ संसार, काठमाडौं– नेपाल सेवा लद्युवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपिओ) आइतबार अर्थात बैशाख १६ गते बन्द  हुँदैछ ।आइपिओ भर्ने मन हुने इच्छुक लगानीकर्ताले आइतबार आवेदन दिन सक्नेछन् ।

संस्थाको १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता साधारण सेयर जारी गरेको हो ।  कम्पनीले साधारण सेयर जारी गर्नका लागि एनएमबी क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ ।

लगानीकर्ताले न्यूनतम ५० तथा अधिकतम ९०० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको  विक्री पूबन्धक एनएमबी क्यापिटलले जनाएको छ । क्यापिटलको अनुसार बैशाख १२ गतेदेखि निश्कासन हुने यस कम्पनीको साधारण सेयर बैशाख १६ गते बन्द हुनेछ ।

कम्पनीको जारी पूँजीको ३० प्रतिशत आइपिओ जारी गर्न लागेको हो ।  लगानीकर्ताले आफ्नो बैंक खाता रहेको बैंकको शाखाबाट सी आश्वा मार्फत आइपिओको लागि आबेदन गर्नसक्ने छन् ।

कसले कति आवेदन दिन पाउने ?

बैशाख १२ गतेदेखि निश्कासन हुने लद्युवित्तको साधारण सेयरमा १ लाख ८० हजार कित्तामध्ये २ प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता सेयर संस्थाका कर्मचारीका लागि छुट्याइएको छ ।

त्यसै गरी  ५ प्रतिशत अर्थात ९ हजार कित्ता सेयर सामूहिक लगानीकोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले १ लाख ६७ हजार ४ सय कित्ता सेयरका लागि आवेदन गर्न पाउनेछन् ।

अधिकृत पूँजी १० करोड तथा जारी पूँजी ६ करोड रुपैयाँ रहेको लघुवित्तले सिन्धुपाल्चोकको १२ वटा गाविस सहित रसुवा र नुवाकोट गरी ३ जिल्लामा ८ वटा वटा शाखा कार्यालय मार्फत लघु वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

कहाँबाट आवेदन दिने ?

लगानीकर्ताले नजिकको बैंकबाट आवेदन दिन सक्नेछन् । आइपिओ भर्नको लागि डिम्याट नम्वर र सि आस्वा  अनिवार्य  छ । मेरो सेयर खुलेका लगानीकर्ताले मोवाइल, कम्प्युटर वा अनलाईन आवेदन दिन सक्नेछन् ।

आइपिओ, हकप्रद, लिलामी सेयर आदि ताजा जानकारीको लागि हाम्रो यो पजमा लाईक गर्नुहोस् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको