अर्थ संसार, काठमाडौं– नेपाल सेवा लद्युवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपिओ) मा आवेदन दिनुभयो । आज अर्थात बैशाख १६ गते आवेदन दिने अन्तिम दिन हो ।
संस्थाको १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता साधारण सेयर जारी गरेको हो । कम्पनीले साधारण सेयर जारी गर्नका लागि एनएमबी क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ ।
लगानीकर्ताले न्यूनतम ५० तथा अधिकतम ९०० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको विक्री पूबन्धक एनएमबी क्यापिटलले जनाएको छ । क्यापिटलको अनुसार बैशाख १२ गतेदेखि निश्कासन भएको यस कम्पनीको साधारण सेयर बैशाख १६ गते बन्द हुनेछ ।
कम्पनीको जारी पूँजीको ३० प्रतिशत आइपिओ जारी गरेको हो । लगानीकर्ताले आफ्नो बैंक खाता रहेको बैंकको शाखाबाट सी आश्वा मार्फत आइपिओको लागि आबेदन गर्नसक्ने छन् ।
कसले कति आवेदन दिन पाउने ?
बैशाख १२ गतेदेखि निश्कासन भएको लद्युवित्तको साधारण सेयरमा १ लाख ८० हजार कित्तामध्ये २ प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता सेयर संस्थाका कर्मचारीका लागि छुट्याइएको छ ।
त्यसै गरी ५ प्रतिशत अर्थात ९ हजार कित्ता सेयर सामूहिक लगानीकोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले १ लाख ६७ हजार ४ सय कित्ता सेयरका लागि आवेदन गर्न पाउनेछन् ।
अधिकृत पूँजी १० करोड तथा जारी पूँजी ६ करोड रुपैयाँ रहेको लघुवित्तले सिन्धुपाल्चोकको १२ वटा गाविस सहित रसुवा र नुवाकोट गरी ३ जिल्लामा ८ वटा वटा शाखा कार्यालय मार्फत लघु वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस