Like us!
Follow us!
Connect us!
Watch us!

ओखलढुंगामा ५० हजार पुरस्कारको भलिवल प्रतियोगिता हुने

आइतबार, ०३ पुस २०७३, १० : २८ मा प्रकाशित

ओखलढुंगामा ५० हजार पुरस्कारको भलिवल प्रतियोगिता हुने

अर्थ संसार
काठमाडौं–खेल पर्यटनको विकास गर्न विराज समाज काठमाडौं र ओखलढुंगाको जलदेवी समाजसेवी युवा क्लबले ओखलढुंगाको जन्तरखानीमा पुष ११ देखी १३ गतेसम्म विराज कप खुल्ला भलिबल प्रतियोगिता गर्ने भएको छ ।विराज कपमा पहिलो हुनेलाई नगद पुरस्कार २५ हजार रुपैयाँ, कप, प्रमाण पत्र र मेडल दोस्रो हसनेलाई नगद पुरस्कार नगद  १५ हजार रुपैयाँ, प्रमाण पत्र र मेडल तथा तेस्रो हुनेलाई नगद पुरस्कार १० हजार रुपैयाँ, प्रमाण पत्र र मेडल छ ।

प्रतियोगिताको पुरस्कार राशी जन्तरखानी, ओखलढुंगाका जापान निवासी समाजसेवी दिलिप मगर, टानका कोषाध्यक्ष लिलाबल्लभ दाहाल, समाजसेवी प्रकाश दाहाल, विराज समाजका निवर्तमान अध्यक्ष दिनेशकुमार मगर, विराज समाजका कोषाध्यक्ष नरबहादुर कट्वाल, विराज समाजका सचिव राजेन्द्रप्रसाद दाहाल, जलदेवी समाजसेवी युवा क्लबका अध्यक्ष मानबहादुर विश्वकर्मा, विगुटार ओखलढुंगाका विकास तामाङलगायतले आर्थिक सहयोग गरेका छन् ।

समाजका हरिप्रसाद दाहालले ग्रामीण, विकट र पिछडिएका क्षेत्रमा भएका प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्न विराज कप भलिबल प्रतियोगिता आयोजन गर्न लागिएको बताए ।विराज समाज ओखलढुंगाको विगुटार, रागादीप र जन्तरखानीबाट अध्ययन, पेशा, व्यावसाय र रोजगारीका खोजीमा काठमाडौ रहेका उत्साही युवाहरुले करिब १ दशक अघि स्थापना गरेको एक सामाजिक संस्था हो ।

समाजले यस वर्ष पनि विराज क्षेत्रमा विराज जेष्ठ नागरिक सम्मान, विराज छात्रवृत्ति प्रदान, करिब १ हजार जना विद्यार्थीहरुलाई ज्याकेट, टोपी, ट्राउजर (न्यानो कपडा प्रदान गर्ने) कार्यक्रम तय गरेको जनाएको छ ।
यसै गरी जलदेवी समाजसेवी युवा क्लब स्थानीय स्तरमा क्रियाशिल युवा क्लब हो । यस क्लबले खेलकुद, सांस्कृतिक कार्यक्रम र समाजसेवाका काम गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

विकिपिडियाको सांस्कृतिक सम्पदा फोटो प्रतियोगितामा अधिकारी पहिलो, कस्ता छन् टप टेन फोटो (फोटो फिचर)

बिजी मल बम्पर उपहार विजेतालाई मोटरसाइकल

अमेरिकी राष्ट्रपति ओवामाले जाँदाजाँदै गरे नेपाललाई सहुलियत दिने कानुनमा हस्ताक्षर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको