Like us!
Follow us!
Connect us!
Watch us!

महायज्ञमा साढे दुई करोड रुपैयाँ बराबरको दान

आइतबार, १६ बैशाख २०७५, १४ : ०८ मा प्रकाशित

महायज्ञमा साढे दुई करोड रुपैयाँ बराबरको दान

अर्थ संसार, रामपुर– पाल्पा उद्बुद्ध मावि पूर्वखोला गाउँपालिका–३ रिङ्नेरह पाल्पामा चलेको श्रीमद्भागवत ज्ञान महायज्ञमा रु साढे दुई करोड बराबरको दान संकलन भएको छ । 

उद्बुद्ध मावि तथा कलेजको शैक्षिक व्यवस्थापन तथा स्तरोन्नतिका लागि सञ्चालन भएको महायज्ञमा नगद तथा जिन्सी दान गरी सो रकम दान रकम संकलन भएको हो । गत वैशाख ९ गतेदेखि शुरु भएको महायज्ञ अवधिभर १८ पुराणका ज्ञाता बालब्यास पण्डित नारायण न्यौपानेले संगीतमय शैलीमा कथा वाचन गर्नुभएको थियो । महायज्ञ अवधिभर व्रतबन्ध, रुद्री, तुलादान, चौरासी पूजासमेत भएको उद्बुद्ध कलेजका प्रमुख सुशील आचार्यले बताउनुभयो । 

महायज्ञ समापनका अवसरमा प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले यस महायज्ञले शैक्षिक विकासमा ठूलो टेवा पुग्ने बताउँदै विद्यालयको शैक्षिक, भौतिकलगायतका विभिन्न क्षेत्रमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । 

उहाँले गेझा वीरकोट पूर्वखोला हुँदै दुम्किबास जोड्ने सडक दुई लेनमा विकास गर्न प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । पाल्पा जिल्ला समन्वय समितिका सदस्य ईश्वरी न्यौपाने, गाउँपालिका अध्यक्ष नुनबहादुर थापा, उपाध्यक्ष भागरथी भट्टराई, समाजसेवी देवराज ढकाललगायतले यस महायज्ञबाट उठेको रकमले शैक्षिक क्षेत्रमा ठूलो सहयोग पुगेको बताउनुभयो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको