अर्थ संसार, काठमाडौं– सातोको पहिलो दिन आज (आइतबार) धितेपत्र बजार ८.२१ अंकले घटेको छ ।
१६१ वटा कम्पनीको ९ लाख ६६ हजार ८२९ कित्ता सेयर खरिदविक्री हुँदा ४० करोड ३५ लाख ४८ हजार ६८ रुपैयाँको कारोबार भएको छ ।
कारोबार भएको समूहमध्ये आधा समूह ओरालो लाग्दा नेप्से इन्डेक्स १३५७.१८ विन्दुबाट १३४९.०४विन्दुमा आइपुगेको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.१ अंकले घटेको छ ।
आज कारोबार भएको १० समूह मध्ये ५ समूह उकालो लागको छ भने ५ समूह ओरालो लागेको छ ।
व्यापार ०.७६, होटल ३५.१८, विकास बैंक ४.४३, विमा २.४१ र उत्पादन ८.१८ अंकले बढेको छ । यता, बैकिङ ०.७६, जलविद्युत १.२३, फाइनान्स ५.८१, अन्य ८.७ र माइक्रोफाइनान्स ४.०७ अंकले घटेको छ ।
घटेको बजारमा स्वदेशी लद्युवित्त वित्तिय संस्था लिमिटेडका सेयरधनीले झण्डै १० प्रतिशतले कमाएका छन् भने बरुण हाइड्रोपावर कम्पनीमा लगानी गर्ने लगानीकर्ताले ७ प्रतिशतले गुमाएका छन् ।
कमाउने कम्पनीहरु
गुमाउन कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस